अार्थिक अभावका कारण पूर्वजनमुक्ति सेनाका कमाण्डरकी जीवनसाथीको उपचारमा कठिनाई

२०७४ फाल्गुन २९ गते, मंगलवार

काठमाडौं , २९ फागुन । पूर्वजनमुक्ति सेनाका कमाण्डर जीवनकुमारमा बिककी जीवनसाथी धनसरा बिकको अवस्था झन् नाजुक बन्दै गएको छ । काठमाडौंको मध्यवानेश्वरस्थित भेनस अस्पतालको अाइसियुबाट भेन्टिलेटरमा लगिएको छ ।
अार्थिक अभावकै कारण अावश्‍यक औषधिको प्रयोग गर्न नसक्दा धनसरालाई झन झन बिरामले च्याप्दै लगेको छ । केही दिनदेखि अाइसियुमा उपचार भइरहेको थियो भने मंगलबार रातिबाट भेन्टिलेटरमा राखिएको अस्पतालले जानकारी दिएको छ । उपचारमा संलग्‍न चिकित्सकका अनुसार अाइसियु र भेन्टिलेटरमा राखेपनि अावश्यक औषधि नभएका कारण सोँचेजस्तो सुधार भएको छैन ।
अस्पतालमै रहेका जीवनकुमार बिकले अाफूसँग भएको सबै रकम सकिएकोले अावश्‍यक समान र औषधि खरिद गर्न नसकेको बताए । बिकले अहिलेसम्म देश-जनता र समाजकै अाफू रात- दिन लागेको तर श्रीमतीको उपचार गर्न नसक्दा खिन्नता महशुस भएको बताएका छन् । अाफूले चिनेको सबै नेताहरुको घरमा पुग्दा पनि कसैले सहयोग नगरेको गुनासो गरे । उनले सहयोगको लागि सबैसँग अाग्रह गरेका छन् ।
सहयोग गर्न चाहने वा सम्पर्क गर्न चाहनेको लागि जीवनकुमार बिकको नाममा राष्ट्रिय वाणिज्य बैंकको काठमाडौं गौशाला शाखामा रहेको खाता नं. १३४००३८८७६१० मा गर्न सक्नुहुनेछ भने ९८४८४८५५२४ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

प्रतिक्रियाहरु