अामा – देबी काफ्ले

२०७५ श्रावण २० गते, आईतवार

साऊने झरी
खटियामा आमाको
अर्धचेतना शरीर
खेतमा भ्यागुतोहर
ट्वार ट्वार
झम्के साझ
चुल्लोको छेउमा
बाबैको पूर्पुरोमा हात
बाहिर आगन छेऊ
झ्याऊकुरी को झ्याई झ्याई आवाज
आज भोली
औषधिले चुसेको जीर्ण शरीर
घेरेवाला टोपीले मुख पुछ्दै
भित्र- बाहिर गर्दै
भदौरे भेल जस्तै
अश्रुधार
जनैपूर्णिमा, कृष्ण अष्टमी हुदै तिज
सबैको घरमा चेलीवेटीको ओहोर दोहर
आफू कहाँ मृत्यु कुरेर
बसेको मसानघाट

अस्ताउन लागेको जुन
अब्यक्त भै लोलाऊन लागेकाआखाँ
असोज रोक्दै गरेको भाद्र मास
लाला बाला छोडेर जान आत्मा मानेन
निष्प्राण शरीरले अरु चार प्रहर
जीवीतै रहने राखेको इच्छा
आखिर
बेलुनै सरी फुस्केर गयो श्वास
नहेर्न र बोल्न नै सक्छिन आमा
बस्ने नाता पनि टुटायौ
बेसहारा बनाएर पितृ बनिसकेका बाबालाई दिल जलायौ
हाम्रै बालापनलाई शुन्य बनायौ
भाद्रमास नआएकै जाती
बाणगंगामा असमेल भेल र भंगालो नदेखेकै जाती
नियति
आमा तिमी बिनै बाच्न हास्न सिक्यौँ
पुकार प्रभुले सुने हे आमा
तिम्रै कोखमा पुनर्जन्म पाउ
तिम्रै स्तुतिगान गाउन पाऊँ

प्रतिक्रियाहरु