अमेरिकी युद्ध रणनीति र मौलाएको दास मनोवृत्तिको परिणाम – संसारसेन पृथक

२०७६ माघ ५ गते, आईतवार

बिश्व साम्राज्यवादले गरेको आर्थिक रूपमा गरेको बिश्वब्यापी उदारीकरण भुमण्डली करण सँगसँगै संसारभरका उत्पीडित बर्ग समुदाय एकपछि अर्को शोषणको चर्को मारमा परेको छ यति मात्र होइन उत्पीडित राष्ट्रहरुलाई चौतर्फी आर्थिक तथा सैनिक घेराबन्दीमा राखेर बिकास उन्मुख राष्ट्रहरुलार्ई ती देशहरूको राष्ट्रियता, सामाजिक, संस्कृतिक, मौलिकता र सामाजिक सभ्यतामाथि धावा बोलिरहेको छ । एकातिर शक्ति राष्ट्रहरु एक अर्कामा आर्थिक तथा सैनिक हातहतियार आर्थिक आडम्बरमा युद्धको कसरत गरिरहेका छन भने अर्कोतिर बिश्व साम्राज्यवादले शक्ति राष्ट्रहरुसग अनुकूल भूराजनीति खोजिरहेकोदेखिन्छ । त्यसैको निरंतरतामा विभिन्न बहाना बनाउने र सानातिना राष्ट्रमाथि आफ्नो सघन रूपमा सैनिक उपस्थिति जनाउन खोजिरहेको पनि छ । त्यसैको निरंतरता इन्डो प्यासिफिक रणनीति र एमसिसी मार्फत नेपाललार्ई उपयोग गरेर एसियाली मुलुकका शक्ति राष्ट्रलार्ई कमजोर बनाउने रणनीति अपनाउन थालेको छ ।
किन पारित गराउन खोजिदै एमसिसी
यतिबेला सत्तामा र प्रतिपक्षीमा रहेका राजनीति दलहरू एमसिसिको बारेमा सैद्धान्तिक बहस राष्ट्रियताभन्दा पनि बिकाश र समृद्धिसग जोडेर चलाउन थालेको देख्दा बैचारिक दरिद्रताको चिन्ह देखा पर्न थालेको छ । यहाँ पहिलो कुरा आर्थिक महत्वपूर्ण हो या राष्ट्र प्रमुख हो भन्नेकुरा छलफल हुन जरुरी छ । अंग्रेजहरुले सुरुदेखि नै एसियाको मुख्य निसाना नेपाल हो भनेर बिश्लेषण गरेका छन् । अमेरिकी साम्राज्यवादीहरुले नेपालमा आफ्नो उपस्थितिको लागि लामो समयदेखि कसरत गरिरहेका छन् । पश्चिमा साम्राज्यवादको नाइके अमेरिकालार्ई चीन बिश्वब्यापी उदयमान शक्तिशाली राष्ट्रमा बिकास गरेको मन नपरेपछि चीनलाई कम्जोर बनाउनेतर्फ अमेरिकी कसरत चलेको हो । चीनलाई घेराबन्दीमा पार्न खासगरी दक्षिणी चीनलाई निसानामा राखेर बिखण्डन गर्न इण्डो प्यासिफिक रणनीति र त्यसैको महत्वपूर्ण अङ्ग एमसिसी लागू गर्न खोजिएको हो । बुझ्नैपर्ने महत्वपूर्ण कुरा के छ भने पश्चिमा मुलुकहरूले अहिलेसम्म नेपालमा एनजीओमार्फत जति पनि लगानी गरेका छन् । सबै सामाजिक इन्जिनियरिङमा खर्चेका छन् । नेपालमा द्वन्द्वको प्रमुख कारण के हुनसक्छ, त्यो खोजेका छन् । नेपाल भाषिक, जातीय, धार्मिक, भौगोलिक बिबिधता भएको राष्ट्र भएपनि एकीकृत राष्ट्रिय एकताको सुत्रमा बाधिएको राष्ट्र हो । यसैको सारमा पुगेर पश्चिमा साम्राज्यवादले नेपाली राष्ट्रिय अस्तित्वमा रहेका मुल सभ्यता, संस्कृति र मौलिकताहरुमाथि अन्तरबिरोध पैदा गरेर सभ्यता संस्कृति नेपाली राष्ट्रिय मुल्य मान्यतालार्ई एक आपसमा युद्ध गराउने र नेपालको राष्ट्रिय सभ्यताहरु नष्ट गराउन गरेको अमेरिकी कसरत असफल भएपछि अन्तिम रणनीति जबर्जस्त अमेरिकी सैनिक उपस्थिति गराउन खोजेको छ । स्मरणयोग्य कुरा के छ भने माओवादी जनयुद्ध र नेपाल सरकार बिचको शान्ति स्थापना कालमा अनमिनको भुमिकामा आएको सैन्य प्लानरहरु अमेरिकाले फर्काउन नचाहेको हो । त्यतिबेला भारत र चाइनाले असुरक्षा देखेपछि तीनतिरको दबाबमा अनमिन फर्किन बाध्य भएको हो । यतिबेला भारतलार्ई ललिपप देखाएर एमसिसी नेपालमा जबर्जस्त लागू गराउन खोजेको हो । यसको केही बुँदाहरु अध्ययन गर्ने हो भने नेपालको संविधान कानुनलार्ई च्यालेन्ज गरेको छ । सिद्धान्तत एमसिसी संसदबाट पारित गराउनु भनेको नेपालमा प्यारालाल अमेरिकी सरकार निर्माण गर्नु हो । दुर्भाग्यत के छ भने सत्तारूढ दलभित्र दुईमत देखिनु र एमसिसिका सुत्रपात अहिलेको नेपाली काँग्रेसले जबर्जस्त पारित गराउन सहमति जनाउनुले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रियताप्रति यी राजनीति दल ईमानदार छैनन् भन्नेकुरा स्पष्ट छ । भोक लाग्यो भन्दैमा बीस खानु हुन्न, त्यसैले धेरै पैसाको लोभमा राष्ट्र समाप्त पार्नुपर्छ भन्ने सोचाइमा रहेकोे राजनीति शक्तिलार्ई जनस्तरबाट ठेगान लाउनु जरुरी छ । इन्डो प्यासिफिक र एमसिसीले राष्ट्रलार्ई सिरिया र इराक बनाउने निश्चित छ । त्यहीँ उद्देश्यमा यतिबेला संसदबाट जबर्जस्त एमसिसिलाई पास गराउन अमेरिकी साम्राज्यवादले दबाब दिएको छ । सत्ताधारी नेकपाले पार्टीको सचिबालय बैठकद्वारा पारित गराउने प्रयासलार्ई अर्को अर्को बेमानी हो भन्न सकिन्छ । सत्ताधारी नेकपा र प्रतिपक्षी काँग्रेसको एमसिसीप्रतिको चटकी घिउ र गोबर बेचुवाहरुको नाटक मात्रै हो । उनीहरुले त रोयजस्तो गर म हानेजस्तो गर्छु जस्तो हुदैछ । सत्ताधारी नेकपा भित्र पुर्ब एमालेका अपवाद बाहेक बहुमत सदस्य एमसिसिको पक्षमा देखिन्छन् । पुर्ब एमाओवादी विपक्षमा देखिन्छन् । यसले थोरै भेडा–बाख्रा छुट्याउन सकिन्छ कि एनजीओबाट जकडिएका राजनीति रूपमा कलङ्कित बनेकाहरु नै सरकार र सत्तामा पुगेको प्रष्ट छ । अर्को दुर्भाग्य केही समय अगाडि होलि वाइन काण्डमा आत्मसन्तुष्टिको राजनीति मिटरले नापेर उफ्रदै नेकपाले राष्ट्रियता खतरामा पा¥यो । अब काँग्रेसको विकल्प देशलार्ई चाहियो भनेर खुबै सडकमा घामले सेकिनेहरु अमेरिकी सैनिक अखाडा देशमा राख्न दिने राष्ट्रघाती जनबिरोधी एमसिसिकै प्रमुख सुत्राधार बन्नु सिद्धान्तहिन दास राजनीति चिन्तनबाट माथि उठन नस्क्ने बिदेशीका पात्रहरू यथावत छन् ।
नेपालमा अमेरिकी सैनिक रणनीति र एमसिसी
अमेरिकी साम्राज्यवादले नेपाललार्ई स्वाधीन राष्ट्र रहिरहन नदिनाको लागि आफ्नो लामो रणनीति अपनाउने गरेको छ जसरी पनि नेपाललार्ई एउटा असफल राष्ट्रमा परिणत गराउने प्रयत्नमा निरन्तर रहिआएको इतिहासलार्ई गम्भीर अध्ययन गर्न जरुरी छ । तत्कालीन माओवादी जनयुद्धलार्ई राजनीति मुद्दामा नरहेको र सम्पुर्ण हिसाबले आतंककारी रहेको साबित गराउने भरपुर कोसिस गरेको हो । नेपाली राजनीतिमा अहिले पनि माओवादी जनयुद्ध थालनी पश्चिमा मिसनमा गरिएको हो भनेर गलत अपब्याख्या केही बिश्लेषकहरुको भनाइ छ । यो तर्कलाई सिधै अस्वीकार गर्नुपर्छ किनकि तत्कालीन माओवादी जनयुद्ध साम्राज्यवाद बिस्तारवाद र देशिय सामन्तवादको पूर्ण विरुद्धमा थियो । तत्कालीन एमालेका महासचिव मदन भण्डारीको हत्यापछि नेपालमा अमेरिकी साम्राज्यवादको विरुद्धमा तत्कालीन माओवादी आन्दोलन देखिन्छ । मदनकुमार भण्डारीको हत्या पनि अमेरिकी जसुसको अगुवाइमा भएको कुरासँग बिमती राख्न सकिदैन । किनकि मदनकुमार भण्डारीले सधैं साम्राज्यवाद बिरोधि बिचार अघि सारेकोदेखिन्छ त्यसपछि अर्कोकुरा नेकपा माओवादी जनयुद्धलार्ई राजनीति समस्यामध्येकै मुलपाटो हो । यसलाई राजनीति तवरबाट हल गरिनुपर्छ भन्ने धारणा राजा बिरेन्द्रको धारणा बाहिरिएपछि बिरेन्द्रको सम्पुर्ण परिबार समेत सखाप हुनेगरी दरबार हत्याकाण्ड घटाइएको हो । त्यो पनि सिआए र रअको मिसन हुनसक्ने थुप्रै सत्यता बाहिर आएको छ । दरबार हत्याकाण्ड पछि तत्कालीन देउवा गठबन्धनको सरकारलार्ई दबाबमा राखेर माओवादी जनयुद्धलार्ई राजनीति समस्या होइन । नितान्त आतंककारी समुह हो भनेर आतंककारीको सुचिमा राख्ने पहिलो हात अमेरिकी साम्राज्यवादको हो, जसले बार्ताबाट समस्याको समाधान गर्नुहुन्न युद्धको नीतिले माओवादी आन्दोलन समाप्त गर्नु पर्छ भन्ने धारणा राख्ने एक मात्र राष्ट्र अमेरिका थियोे । यो कुराबाट के साचो अनुमान लाउन सकिन्छ भने माओवादीप्रति नेपाली जनताको बढ्दो जनआकर्षण तत्कालीन सरकारको अलोकप्रिय उदाङ्गो कार्यसैलीको फाइदा उठाउन माओवादी जनयुद्ध असफल पार्न तत्कालीन शाही नेपाली सेना र अमेरिकी सेनाको सयुक्त सैनिक अप्रेसन चलाउने र अन्ततोगत्वा नेपाललार्ई इराक साबित गराउने र अमेरिकी सैनिक अखडा नेपालमा स्थायी रूपमा राखिरहने प्रयत्न हो । त्यतिबेला सकारात्मक कार्य गर्ने गिरिजाप्रसाद कोइराला डाक्टर कालीबहादुर रोकाय, सुन्दरमणि दीक्षित माओवादी पार्टी भित्रकै नेता कृष्ण बहादुर महराको पहलले सिङ्गो युरोपेली राष्ट्र र बेलायत समेतलार्ई नेपालको माओवादी जनयुद्ध राजनीति समस्या हो र राजनीति तवरमा हल गर्न सक्नुपर्छ भन्ने पार्नु भारत चीन समेत माओवादी जनयुद्ध राजनीति समस्या हो भन्नू सबैतिरबाट राजनीति दबाबबाट अमेरिकी साम्राज्यवादले तत्कालीन नेपालको माओवादी जनयुद्धको राजनीति शान्ति प्रक्रियामा आउन बाध्य बनेको हो । अमेरिकी साम्राज्यवादले त्यतिबेलै माओवादी जनयुद्धको कारण देखाएर नेपालमा आफ्नो सैनिक उपस्थिति देखाउने र उसको साउथ चाइनालाई बिखण्डन गर्ने योजना तयारी हो । त्यो योजना असफल भएपछिको अमेरिकी सैनिक रणनीति इन्डो प्यासिफिक समिटमा नेपाललार्ई गिजोलेर एमसिसी मार्फत सिधै आफ्नो सैनिक अखाडा राख्न खोजेको स्पष्ट छ दुर्भाग्यपूर्ण कुरा एमसिसी बर्तमान सरकारी संस्थापनमा देखिएको गुटउपगुट सब बाहिर हेर्दा राजनीति तथा सैद्धान्तिक भए पनि अमेरिकी दास आर्थिक गुटबन्दी तयारी गरिएका प्रायोजित पात्रहरूको अगुवाइमा बनेका समूहहरु हुन यतिबेला प्रतिपक्षी काँग्रेस पुरै एमसिसिको पक्षमा उभिनु र सत्तामा रहेको नेकपा नेकपाको पुर्ब एमाले भित्रको महाकाली सन्धिको विरुद्धमा उभिएको केही शक्ति र पुर्ब एमाओवादी एमसिसिको विपक्षमा देखिनुले भेडा र बाख्राको बथान बेग्लाबेग्लै देखिन्छन् । यतिबेला सत्ताधारी पार्टी भित्र एमसिसीलार्ई बिनासर्त संसदबाट पास गराउने सभामुख खोजिन थालेको देखिन्छ । कृष्ण महरा माथि अमेरिकी साम्राज्यवादी शक्तिका खेतालाहरुले नै योजनाबद्ध आक्रमण गरेका हुन् । यसको प्रमुख कारण एमसिसिलाई रोकिराख्नु र एमसिसिका केही बुँदाहरु जसले नेपालको सार्बभौमसत्ता स्वाधीनता र स्वतन्त्रतामाथिनै आच आउने खाले राखिएको छ महराले त्यसको बिरोध र असहमति जनाएपछि एमसिसी हुबहु लागूहुनुपर्छ भन्ने सत्ताधारी नेकपा भित्रको केही आर्थिक उपगुट भित्रैबाट समेत आन्तरिक प्रतिघातक रोल खेलिएको पुष्टि हो ।
अमेरिकी साम्राज्यवादको युद्ध रणनीति र नेपाल
अमेरिकी साम्राज्यवादले नेपाललार्ई चौतर्फी रूपमा कम्जोर बनाउनेतर्फ अहिलेसम्म जतिसुकै रणनीति अपनाएको छ । त्यो सब उसको चीन र भारतलार्ई घेराबन्दी गर्नकै लागि हो अमेरिकीहरु पछिल्लो सुरुदेखि नेपालको संविधान २०७२ को संविधान घोषणा हुदाको अबस्थासम्म आउँदा भारतलार्ई ढाल बनाएर पर्दाभित्रै रहेर उसले आफ्नो चीन भारत दुबै गतिविधि नेपालबाट अगाडि बढाउन खोजिरहेको छ । भारतलार्ई नेपालको ताराको भूगोललार्ई किर्मिनियाको ललिपप देखाएर उल्टै भारतको बिहार विघटनको उदेश्य लिएको छ, जुन प्रतिनिधि पात्रको रूपमा सिके रावत प्रयोगमा ल्याउन खोजिएको हो । यो कुरामा भारतका केही इन्डियन अनुहारका अमेरिकी दासहरु समेतको हात छ । त्यस्तै नेपालमा संसदिय राजनीति शक्तिहरुभित्रका बहुसंख्यक अमेरिकी दासहरु रहेका छन्, सिकेरावत हुँदै जातीय, क्षेत्रीय, सामाजिक, धार्मिक द्वन्द्व गराउन खोजेको योजना असफल भएपछि इन्डो प्यासिफिक रणनीति भित्र एमसिसी मार्फत सघन रूपमा आफ्नो सैनिक उपस्थित गराउने दाउमा छ । उसले जस्तोसुकै हालतमा पनि नेपालमा आफ्नो प्रत्यक्ष आफ्नो अधिनमा राख्न चहान्छ र नेपाललार्ई सिरिया, इराक जस्तै युद्ध भुमिमा परिणत गराउन खोजेको हो, मात्रै भिन्नता के छ भने इराक सिरिया उसको ब्यापार तेल ग्यासको उत्पादनमा आफ्नो वर्चश्वको रणनीति योजना हो भने नेपाललार्ई एशियाली मुलुकहरूमा उदयमान शक्ति राष्ट्रहरुलाई आफ्नो नियन्त्रणमा राख्न दीर्घकालीन युद्ध रणनीति रहेको छ जुन अमेरिकी साम्राज्यवादको युद्ध रणनीति नबुझेर आर्थिक सामाजिक समृद्धिको परिकल्पनाको लोभमा एमसिसिलाई लागू गरियो भने नेपाल बिशाल शक्ति राष्ट्रहरुको युद्ध स्थल बन्ने खतरा छ ।
पश्चिमा साम्राज्यवादको निशानामा को, कसरी पर्छन् ।
धेरैले एउटा तर्क गरिरहेका छन् नेपाल एउटा सार्बभौमसत्ता सत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । हामी त्यही नीतिमा छौ । दुर्भाग्य तीतोसत्य के हो भने संसदिय राजनीतिमा लिप्त राजनीति दल अन्तर्राष्ट्रिय साम्राज्यवादका आर्थिक रूपमा पोषित दलाल तथा माफियाको चौतर्फी घेराभित्र कैद छन् । तिनीहरुनै राष्ट्रिय सुरक्षा, स्वतन्त्रता स्वाधीनताभन्दा पनि अमेरिकी साम्राज्यवादको आपूm अनुकूल नीति सिद्धान्तमा नेपाली राजनीतिलार्ई चल्न चलाउने गरिरहेका छन् । नेपालका राजनीति पार्टीको बहुमत सदस्य बिदेशी साम्राज्यवादका गोटी बनेका छन्, जुन देशको राष्ट्रिय सार्बभौमसत्तासँग जोडिएको बिषयमा राष्ट्रिय एकताको जरुरीमा अरु कमजोर तरिकाले पेश हुनुको कारण अमेरिकी साम्राज्यवादका आर्थिक गुट बिग मिडियाको प्रयोग गरेर राष्ट्रलार्ई कमजोर बनाउने खेल नेपाली राजनीतिमा बढ्ता देखिन्छ । यसको प्रमुख कारण राजनीति दलहरुको उच्चस्तरीय संघसंगठनका नेतृत्वमा समेत नेपाली अनुहारमा अमेरिकी काम गर्ने गुण्डाहरु बेसिनै देखिन्छन् अमेरिकी युद्ध रणनीतिमा ल्याइएको आर्थिक प्याकेजका योजना लागू हुन नदिने राष्ट्रभक्ति शक्ति र ब्यक्तिमाथि यो वा त्यो रूपमा आक्रमण गर्ने गर्छन् । त्यस्तै उदाहरण एमसिसिको विरुद्धमा उभिदा कृष्ण महरालार्ई सिध्याउन लागेको शक्ति सफल रहेकोे छ । अझै एमसिसी तथा धेरै त्यस्ता अमेरिकी युद्ध रणनीतिको विरुद्धमा जाने राष्ट्रभक्ति तथा जनप्रेमी पात्रहरूलार्ई खत्तम पार्न सयौं धरापहरु तयार गरिएको छ । त्यो अमेरिकी साम्राज्यवादको आर्थिक प्रलोभनमा निर्माण गरिएका गुटहरु छन् । अबको साम्राज्यवादको प्रमुख निसानामा भिम रावल, देब गुरुङ जस्ता पात्रहरू माथि कुनै अपत्यारिलो दुर्घटना निम्तिन सक्छ । त्यस्ता राष्ट्र बिरोधी अपराधीहरुको समूह सक्रिय रूपमा मिडियादेखि सत्ता सरकार र प्रतिपक्षी सबैतिर सकृय छन् । अमेरिकी रणनीति र उसको असली दासहरु राजनीति, सामाजिक, सस्कृतिक आर्थिक रूपमा राष्ट्रको सार्बभौमसत्ता, स्वाधीनता र स्वतन्त्रता माथि हमला गर्न राष्ट्रप्रेमी जनप्रेमी जोकसैलाई पनि आक्रमण गर्न लागि पर्छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु