अमेरिका रक्तपिपाशु जनावार हो’

काठमाडौँ, २७ भदौ । उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकालाई रक्तपपिाशु जनावर भएको भन्दै उसले दुःख र पीडा भोग्नु पर्ने बताएका छन् । उनले आफ्नो परमाणु कार्यक्रममा रोक्ने प्रयास गरे पछी पछुताउनु पर्ने समेत चेतावनी दिए । उत्तर कोरियाको सरकारी संचारमाध्यमका अनुसार अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरु लगाएपछि उत्तर कडा प्रतिक्रिया दिएको हो ।
उत्तर कोरियाले हालै हाइड्रोजन बम परीक्षण गरेको विरोध गर्दै अमेरिकाका सहयोगी देशहरुले प्योङयाङलाई दण्डित गर्न नयाँ प्रतिबन्ध लगाइएको बताएका छन् । नयाँ प्रतिबन्ध पारमाणविक कार्यक्रमका लागि जुटाउने रकम तथा इन्धनप्रति लक्षित छ । उत्तर कोरियाको आम्दानीको मुख्य स्रोतमध्येको एक कपडाको निर्यातमाथि पनि प्रतिबन्ध लगाएको छ ।
संयुक्त राज्य अमेरिकाले तेलमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारे पनि सुरक्षा परिषद्ले उत्तर कोरियाको कच्चा तेल निर्यातमाथि प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले प्रतिबन्धको जवाफ छिटै दिने बताएको छ ।’

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>