अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने

काठमाडौं, २४ साउन । पूर्व रुसी जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको नर्व एजेन्ट हमलामा रुस दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको छ । बेलायतको एक अनुसन्धानले नर्व एजेन्ट हमलामा रुस दोषी रहेको ठहर गरेपछि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको हो । तर रुसले भने आक्रमणमा संलग्नताको कडा रुपमा अस्वीकार गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हैदर नार्टले रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै रासायनिक तथा जैविक हतियारको प्रयोग गरेकाले उसमाथि प्रतिबन्ध लगाइने बताए । उनले यो प्रतिबन्ध यही अगस्ट २२ देखि लागू हुने जानकारी दिए । यो प्रतिबन्ध इलेक्ट्रिोनिक सामान र अन्य प्रविधिहरु निर्यातसँग सम्बन्धित हुने छ ।
गत मार्च ४ मा ६६ वर्षीय स्क्रिपाल र उनकी ३३ वर्षीया छोरी बेलायतको सेलिस्वरी सिटी सेन्टरमा बेहोस अवस्थामा फेला परेका थिए । यो घटनाले बेलायत र रुसबीचको सम्बन्ध बिग्रिएको थियो । यो घटनामा रुसको संलग्नता रहेको भन्दै बेलायत र उसका सहयोगी २२ भन्दा बढी देशले त्यहाँ रहेका रुसी कूटनीतिज्ञलाई देश निकाला गरेका थिए । अमेरिकाले पनि ६० जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।-एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>