काठमाडौं , २४ बैशाख । अमेरिकाले इरानलाई ‘स्पष्ट र सोझो सन्देश’ दिनका लागि मध्यपूर्वमा युद्धपोत सहितका लडाकू पानीजहाज पटठाएको छ । अमेरिकाका राष्ट्रिय सल्लाहकार जोन बोल्टनले ट्रम्प प्रशासनले यस्तो निर्णय ‘समस्या पुर्याउने खतरा, उक्साहटको संकेत र चेतावनीको जवाफ’ मा लिएको बताएका छन् । अमेरिकी सुरक्षाबलका सैन्य अड्डाडामा हमलाको आशंकाका कारणसमेत यो कदम चालिएको कतिपय अधिकारीहरुको गोप्य टिप्पणी छ । बोल्टनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमणको प्रतिकार गर्ने समेत बताएका छन् ।
उनले एक विज्ञप्तीमा भनेका छन् “युएसएस अब्राहम लिङ्कन क्यारियर स्ट्राइक ग्रुप र त्यसको सहयोगी युद्ध समूहलाई युएस सेन्ट्रल कमाण्ड क्षेत्रमा इरानलाई अमेरिका वा अमेरिकाका समर्थक राष्ट्रहरूमाथिको कुनैपनि आक्रमण भएको अवस्थामा दरिलो प्रतिक्रमण दिने कुार स्पष्ट पार्न परिचालन गरेको हो । अमेरिकाले इरानसँग युद्ध चाहेको होइन। तर हामी कुनै पनि आक्रमणको अवस्थामा पूर्ण तयार छौँ ।”
परिचालन गरिएको सो पानीजहाज युरोपमा एप्रिलको अन्त्यदेखि युद्ध अभ्यास गरिरहेको छ। यतिबेला अमेरिका र इरानको सम्बन्ध तनावग्रस्त अवस्थामा रहेको छ । सोही क्रममा यस्तो कदम चालिएकोले कतिपयले युद्दको आशंकासमेत गरेका छन् ।
फिनल्याण्डमा रहेका विदेशमन्त्री माइक पोम्पेओले चाहिँ अमेरिकाले इरानमा केही गतिविधि देखेको र त्यसले सम्भावित तनाव वृद्धिको सङ्केत गरेको बताएका छन् ।
अमेरिका र अन्य राष्ट्रहरूले सन् २०१५ मा इरानसँग परमाणु सम्झौता गरेका थिए । इरानले पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्ध कम गरिएको खण्डमा आफूले परमाणु गतिविधि कम गर्ने सहमति थियो । तर गत वर्ष अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो सम्झौताबाट हात झिकेका थिए। हालै एप्रिलमा ह्वाइट हाउसले इरानबाट तेल किनिरहेका पाँच राष्ट्र चीन, भारत, जापान, दक्षिण कोरिया र टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउन सक्ने किसिमको चेतावनी दिएको थियो ।
ट्रम्पको झोँक : इरानी सेनालाई आतङ्कवादी घोषणा, इरानले दियो उस्तै जवाफ
अमेरिकी चेतावनीका बाबजुद इरानले नयाँ सैन्य अभ्यास गर्ने इरानी मुद्राको अहिलेसम्मकै ठूलो अवमूल्यन भएको छ। आर्थिक प्रतिबन्धका कारण इरानको आर्थिक अवस्था निकै कमजोर बनेको छ । तर इरानले अमेरिकाले लगाएको प्रतिबन्धको जवाफ स्ट्रेट अफ होरमुज बन्द गरेर दिने चेतावनी दिएको छ। स्ट्रेट अफ होरमुज विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने समुन्द्री बाटो हो । यो बन्द भएका समस्या झन चर्किने छ । -एजेन्सी
अन्तर्बार्ता

जनपक्षीय कार्यबाट अत्तालिएर गिरफ्तार गरी झुठ्ठा मुद्दामा फसाउने षड्यन्त्र गरियो – चिरञ्जीवि ढकाल, अध्यक्ष– अखिल क्रान्तिकारी
० हालै तपाईं गिरफ्तार परेर छुट्नुभएकोे छ,के कारणले गिरफ्तार पर्नुभएको थियो ? हाम्रो संगठनको मुख्य अगुवाईमा नेपालका ११ विद्यार्थी संगठनले विगत एक वर्षदेखि- ...
थप पढ्नुहोस्बिज्ञापन
Connect to Facebook
Add Banner