अमेरिकालाई खबरदारी !

काठमाडौं, १८ मंसिर । अमेरिकाले जेरुसलेमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिए त्यसको खतरनाक परिणाम भोग्नुपर्ने चेतावनी जोर्डनी विदेशमन्त्रीले दिएका छन् । विदेशमन्त्री अयमान सफादीले आफ्ना अमेरिकी समकक्षी रेक्स टिलर्सनलाई त्यस्तो घोषणाले अरब र मुस्लिम जगतमा ठूलो आक्रोश निम्त्याउने चेतावनी दिएका हुन् । चुनावी अभियानमा गरेको बाचा पूरा गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो घोषणा गर्न सक्ने अनुमान गरिएका बेला जार्डनले खबरदारी गरेको हो । ट्रम्पका ज्वाइँ जारेड कुश्नरले भने अहिलेसम्म त्यस्तो निर्णय भइनसकेको बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले भने कुनै प्रतिक्रिया दिएको छैन ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले त फ्रान्सका राष्ट्रपति एमानुएल माक्रों र टर्कीका राष्ट्रपति रेजेप तायैप एर्दोआनसहितका विश्व नेतालाई टेलिफोन गरी त्यस्तो घोषणा नगर्न ट्रम्पलाई फकाउन आग्रह गरेका छन् । प्यालेस्टिनी नेताहरुले त त्यस्तो कदमले दुई राज्यसम्बन्धि समाधानमा खतरा निम्त्याउने प्रष्ट गरिसकेका छन् । – एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>