अमेरिकाद्वारा पेरिस सम्झौताबाट पछि हटने मनसाय व्यक्त

काठमाडौँ, १९ कात्तिक । संयुक्त राज्य अमेरिकाले पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्न गरिएको सम्झौताबाट पछि हट्ने मनसाय व्यक्त गरेको छ । आफ्नो मनसायबारे अमेरिकाले संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमै जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ । सम्झौताले अमेरिकालाई अनावश्यक आर्थिक भार पर्ने भन्दै पेरिस सहमतिबाट बाहिरिन चाहेको जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले एक महिना अघि नै आफ्नो योजनाबारे राष्ट्रसंघलाई जानकारी गराएको बताए ।
उक्त सम्झौतामार्फत विश्वका एक सय ८८ राष्ट्र जालवायू परिवर्तनका मुद्धामा एक भएर अघि बढ्ने प्रतिवद्धतासहित गोलवद्ध भएका थिए । पेरिस सम्झौताले अमेरिका र अन्य १८७ देशलाई बढ्दो विश्वव्यापी तापमान नियन्त्रणका लागि प्रतिवद्धता जनाएको थियो ।
गत वर्ष डिसेम्बरमा अन्तर्राष्ट्रिय र युरोपेली मामिला प्रतिष्ठानले जारी गरेको एक प्रतिवेदन अनुसार राष्ट्रपति ट्रम्पले गरेको पेरिस सम्झौताले ठूलो क्षति भएको औंल्याएको थियो । उक्त प्रतिवेदनले रसिया र टर्कीले हस्ताक्षर गरेपनि सम्झौता पालान गर्न इन्करा गरेकोसमेत उल्लेख गरेको छ । -एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>