अमेरिकाको लोभ देखाएर लेबनान लगिदैं

२०७४ फाल्गुन २९ गते, मंगलवार

काठमाडौं, २९ फागुन । आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्‍याउने क्रम बढेको छ । जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश फर्कन खोजिरहेका छन् । लेबनान पुग्ने नेपाली महिला कामदारले भनेजस्तो सजिलो काम नपाउने मात्र होइन, चरम यातनासमेत भोग्ने गरेको बताइन्छ । लेबनानसमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार अवैध रुपमा त्यहाँ पुग्ने नेपाली कामदारलाई स्वदेश फर्कन पनि सजिलो छैन ।
अध्यागमन शुल्क बुझाएर मात्र पनि फर्किन सकिदैंन, लामो कागजी भन्झट पुरा गरेर चर्को शुल्क बुझाउनुपर्छ । लेबनान अमेरिकी प्रभाव रहेको मुलुक भएको र त्यहाँ नेपाली शान्ति सेना खटिएको भन्दै मानव तस्करले कामदार लैजाने गरेका छन् । –कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु