अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहाकार रोवर्ट ओब्राएन नियुक्त

काठमाडौं , २ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् । केहीदिन अगाडि तत्कालीन सुरक्षा सल्लाहकारलाई हटाएपछि खाली भएको ठाउँमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गरेका हुन् । लस एन्जलसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफु रोबर्टसँग लामो समय कडा काम गरेको र अहिले पनि उनले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नेमा विश्वस्त रहेको बताए । गत हप्ता ट्रम्पले तत्कालीन सुरक्षा सल्लाहकार जोन बोल्टनलाई जिम्मेबारीबाट हटाएका थिए ।
राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफूले नियुक्त गरेका दर्जनभन्दा बढी पदाधिकारीहरूलाई बर्खास्त गरेका छन् भने कतिपयले उनीसँग काम गर्न नसकेको भन्दै राजीनामा दिएका छन् । विदेश मन्त्रालयमा कार्यरत नवनियुक्त राष्ट्रिय सुरक्षा सल्लाहाकार रोवर्टसँग बैदेशक मामिलाबारे लामो अनुभव रहेको छ । आप्रवासन सम्बन्धि नीति र इरानसँगको तनावसँग कसरी जुध्ने भन्ने विषय रोवर्टको पहिलो जिम्मेवारी हुने छ । नियुक्तिपछि संवाददाताहरु बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहाकार रोवर्टले थुप्रै चुनौतीहरुको सामना गर्नु परे पनि आफुसँग सहकार्य गर्ने ठूलो टिम रहेको बताए । सुरक्षित अमेरिका र सेनाको क्षमता अभिबृद्धिका लागि राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्ने उनको भनाइ थियो । -एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>