अमलाका फाइदाहरु …..

२०७४ मंसिर १५ गते, शुक्रबार

काठमाडौं, १५ मंसिर । अमला हामीमध्ये धेरैलाई मन पनि पर्छ तर कतिलाई यो अमिलो हुने भएकाले मन नपर्न पनि सक्छ। कसैको नजरमा पर्ने र कसैले नजरअन्दाज गर्ने अमलाले हाम्रो शरिरलाई निकै फाइदा पुर्याइरहेको हुन्छ।
एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ। मेडिकल डाइटिसियन डा अमिता सिंहका अनुसार भिटामिन सी का अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यसमा पाइने भिटामिन सी कम हुन्छ तर अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ। उनले दैनिक एक अमला खानुको फाइदा बारे बताउँदैछिन्।
मुटुको समस्याः
अमला खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ।
जोर्नी दुखाईः
अमलामा एन्टी इन्फ्लामेटरी गुण हुन्छ जसले जोर्नीको दुखाई कम गर्न सहयोग गर्दछ।
अनुहारमा चमकः
अमला खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ।
तौल कमः
अमला खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ।
पाचनः
अमलामा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ।
कमजोरीः
अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ। यसले कमजोरी पनि टाढा राख्छ।
राम्रो कपालः
अमला मा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ।
क्यान्सरः
अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ।
मोतीबिन्दुः
अमलामा भिटामिन ’ए’ हुन्छ जसले मोतीबिन्दु हुनबाट जोगाउँछ।

प्रतिक्रियाहरु