अपर कर्णाली परियोजनाको सम्पर्क कार्यालयमा बम विस्पोट

२०७६ जेष्ठ २५ गते, शनिबार

काठमाडौं, २५ जेठ । अछामको तुर्माखाद गाउँपालिका-३ भैरवस्थानमा रहेको माथिल्लो कर्णाली जलविद्युत परियोजनाकाे सम्पर्क कार्यालयमा बम विस्फोट भएको छ । माथिल्लो कर्णाली जलविद्युत परियोजनाकाे असाराघाटकाे सम्पर्क कार्यालयमा शनिबार बिहान ४ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले बताएको छ ।
विस्फोटबाट कार्यालय र नजिकैको शौचालय भत्किएको छ भने एउटा मोटरसाइकलमा समेत आगजनी भएको अछाम प्रहरी प्रमुख डिएसपी जनक शाहीले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी शनिबार बिहानै पुगेको हो ।
माथिल्लो जलविद्युत परियोजना राष्ट्रघाती सम्झौता भएको र त्यसलाई राेक्नुपर्ने जनस्तरबाट बारम्बार अावाजहरु पनि उठ्दै अाइरहेकाे छ । उक्त परियोजनाकाे सम्पर्क कार्यालयमा कस्ले ध्वस्त गराएकाे हो भन्ने एकिन जानकारी भएको छैन ।

प्रतिक्रियाहरु