अन्नपूर्ण हिमाल आरोहणमा हराएका मलेसियन नागरिककाे उद्वार

२०७६ बैशाख १३ गते, शुक्रबार

काठमाडौं, १३ बैशाख । अन्नपूर्ण हिमाल आरोहणमा गएर फर्किँदा हराएका मलेसियन नागरिक वि किन चिनको शुक्रबार बिहान सिम्रिक एयरको हेलिकोप्टरबाट उद्दार गरीएकाे छ । उनलाई अहिले काठमाडौंको मेडिसिटी अस्पताल लगिँदैछ। उनी हराएपछि बिमा कम्पनी ‘ग्लोबल रेस्क्यु’ खोजी कार्यमा बेवास्ता गरेको थियो। बिमा कम्पनीले बेवास्ता गरेपछि उनकी श्रीमती चिनले आफ्ना श्रीमानको खोजी गर्न नेपालको सिम्रिक एयर गुहारेकी थिइन्।
आठ हजार मिटरभन्दा अग्लो हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेर फर्किंदा वि किन चिन हराएको खबर बुधबार साँझ मात्र थाहा पाएपछि बिहीबार उज्यालो हुनासाथ क्याप्टेन सिद्धार्थजंग गुरुङ सिम्रिक एयरको हेलिकोप्टर लिएर त्यतातिर उडेका थिए। सिद्धार्थले हेलिकोप्टरबाट हात हल्लाइरहेको एकजना मान्छे देखेपछि ग्लोबल रेस्क्युले जीवित नहुन पनि सक्ने भन्दै बेवास्ता गरेका ती आरोही हिमालको मध्यभागतिरै भेटिएका थिए।

प्रतिक्रियाहरु