अन्धाधुन्ध गोली प्रहारवाट ८ जनाको मृत्यु

२०७६ फाल्गुन ८ गते, बिहीबार

काठमाडौं, ८ फागुन । जर्मनीको हानाउ शहरमा अज्ञात व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ । गएराति छुट्टाछुट्टै भएका दुईवटा गोलीकाण्डमा कम्तीमा ८ को मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । जर्मन प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा ६ रहेको जनाएको छ ।
गएराति स्थानीय समयअनुसार करिब १० बजेतिर घटना भएको जनाइएको छ । पहिलो घटनामा तीनजना र दोस्रोमा पाँचजना मारिएको बताइएको छ । घटनापछि हमलाकारीहरु फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यद्यपि हमलाको उद्देश्य खुलेको छैन ।
बिबिसीका अनुसार गोलीकाण्ड भएको हानाउ शहर फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ । पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो भने दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो ।
दुवै घटनास्थललाई प्रहरीले घेरा हालेर हवाई गस्ती पनि बढाइएको जनाइएको छ ।

प्रतिक्रियाहरु