अनुहार स्क्यान गरेर साचो वा झुट बोलेको पत्ता लाग्ने

२०७६ असार २१ गते, शनिबार

काठमाडौं, २१ असार । सामान्य सोधपुछमा अपराधीले साचो बोल्छन् वा बोल्दैनन् अब अनुहार हेरेरै पत्ता लाग्ने भएको छ । लन्डनको स्टार्टअप फेससफ्टले ‘आर्टिफिसियल इन्टेलीजेन्स सिस्टम’ तयार पारेको छ । जुन सिस्टमले अपराधीको अनुहार नै स्क्यान गरेर साचो वा झुट बोलेको पत्ता लगाउने छ । यसको ट्रायल छिट्टै बिट्रेन र भारतको मुम्बई प्रहरीले परिक्षण गर्नेछ । एआई सिस्टममा ३० करोडभन्दा बढि अनुहारका भाव शामिल गरेको छ ।
मानिसको दिमागमा के चलिरहेको छ त्यसको प्रतिबिम्ब अनुहारमा देखिन्छ । मनोवैज्ञानिकहरुले सन १९६० मै पहिलो पटक यस्तो तथ्य पत्ता लगाएका थिए । उनीहरुले यसलाई आत्महत्या गर्ने कोशिस गरेका केही व्यक्तिमा परीक्षण गरेका थिए । यदि कुनै व्यक्ति जबरजस्ती हास्यो भने त्यसको भाव आँखामा देखिदैन । यो एक प्रकारको माइक्रो एस्प्रेसन हो । सोही अनुरुप अपराधीको अनुहारमा देखिने भावलाई सिस्टमले रेकर्ड गर्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु