अनलाइनमा फर्जी उपचार विधि बताउने ब्लगर फन्दामा

२०७४ कार्तिक ४ गते, शनिबार

काठमाडौँ, ४ कात्तिक । क्यान्सरमा यसो गर्नुस्, सुगरमा यस्तो गर्नुस्….फेसबुक, ट्वीटर र व्हाट्सऐपमा यस्ता हजारौ सुझाव दिनहुँ शेयर हुने गर्दछ । यसबाट सावधान रहनुहोला, अन्यथा तपाईले गम्भीर हानी बेहोर्नुपर्ने पनि हुन सक्छ ।
रोगी मानिसल् स्वस्थ हुने आशामा हरेकको ढोका ढकढक्याउनुपर्ने हुन्छ । कहिले उ आयुर्वेदिक औषधि खान पुग्छ भने कहिले एलोपैथिक वा होमियोपैथिक । साथसाथै घरेलु उपायको शरणमा पनि पुग्ने गर्दछ । कहिलेकाँहि यस्तो पनि सुन्नुपर्ने हुन्छ कि फलानालाई पनि यस्तै भएको थियो, उसले यसो ग¥यो र ठिक भयो । यसका साथै यस्ता उपाय अपनाउन सुरु पनि गरिन्छ ।
यसो अविकसित मुलुकहरुमा मात्र हुँदैन । विकसित देशहरुमा पनि मानिसहरु यस्तो समस्याको सामना गरिरहेका हुन्छन् । त्यसपछि उनीहरुको सामना बेले गिब्सनजस्ता व्यक्तिसँग हुने गर्दछ । अस्ट्रृेलियाको मेलबर्न सहरकी ब्लगर बेले गिब्सनले दावी गरिन् कि उनलाई ब्रेन क्यान्सर थियो । जसको उपचार उनले स्वयम बैकल्पिक उपचार र विशेष प्रकारको खुराकबाट गरिन् । २५ वर्षिया गिब्सनले ब्लगमा पनि यो कुरा उल्लेख गरिन् । उनको दावीलाई सत्या ठानेर कयौ क्यान्सर रोगी गिब्सनले बताएको उपाय अपनाउन लागे । बेले गिब्सनले कयौ किताव पनि लेखिन् ।
तर, अहिले थाहा भयो कि गिब्सनलाई कुनै ब्रेन क्यान्सर नै थिएन । अदालतमा सावित भयो कि गिब्सनले झुटो बोलेकी थिइन् । ब्लगरले एउटा स्पमार्टफोन ऐप पनि बनाइन् । च्यारिटीको दावी गर्ने उक्त ऐपको सहयोगमा मानिसहरुसँग पैसा मागियो तर सेवा भने केही पनि गरिएन ।
गिब्सन गलत सावित भएपछि अदालतले उनीमाथि ४,१०,००० अस्ट्रेलियन डलर जरिवाना तिराउने फैसला गरेको छ। अदालतले बेले गिब्सनलाई माफी माग्दै पत्रिकामा विज्ञापन पनि प्रकाशन गर्न आदेश दिएको छ।
वास्तवमा एउटै रोग पीडित दुई अलगअलग व्यक्तिको उपचार पनि बिल्कुल एकैजस्तो काम गर्दैन । सामान्यतः मानिसको शरीरमा हिमोग्लोबिन, आरबीसी, अनिज, बीपी र ग्लुकोजको अस्तर अलगअलग हुने गर्दछ । रोग प्रतिरोधी क्षमताले पनि अलग अलग स्तरका काम गर्दछ । यसका साथै उमेर र शारीरिक गतिविधिले पनि ठुलो भूमिका निर्वाह गर्ने गर्दछ । यस्ता सुझावहरुका कारण मानिसहरुले यस्ता कुरालाई नजरअन्दाज गर्ने गरेका हुन्छन् ।
त्यसैले अति उत्तम हुने छ कि उपचारका क्रममा जेजस्ता उपाय अपनाइन्छ त्यसको स्पष्ट जानकारी डाक्टरलाई पनि दिने गरियोस् । त्यसो गरेको खण्डमा सही उपचार सम्भव हुनेछ । अन्यथा बेले गिब्सनजस्ताको फन्दामा नपरिएला भन्न सकिन्न । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु