अदालतले छाडेका नेता मध्यरातमा अदालत परिसरवाट पक्राउ

२०७६ जेष्ठ ३१ गते, शुक्रबार

काठमाडौं, ३१ जेठ । गएराति करिब १२ बजेतिर नेपाल कम्युनिस्ट पार्टी पोखराका ९ जना नेता-कार्यकर्ता मध्यरातमा प्रहरीले
अदालत परिसरवाट पक्राउ गरेको छ । गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका- ११ बाट प्रहरीले पक्राउ गरेका १८ जनामध्ये ९ जनालाई राज्यविरुद्धको कसुरमा अदालतमा मुद्दा चलाइएकाे थियाे । उनीहरुलाई बिहीबार उच्च अदालत, पाेखराले थुनामुक्त गर्न आदेश दियाे । तर प्रहरीले भने उनीहरुलाई अदालतपरिसरबाटै पुन: पक्राउ गरेकाे हाे ।
अदालतले थुनामुक्त गर्न आदेश दिए पनि उनीहरु पुन: पक्राउ पर्ने भएपछि अदालत परिसरभित्रैको बार एसोसियनको भवनमा आश्रय लिएर बसेका थिए । तर मध्यराति प्रहरीले बार भवनको ढोका खोलेर उनीहरुलाई पक्राउ गरेको जनाइएकाे छ । पक्राउ परेका उनीहरुलाइ रिहा गर्न परेकाे बन्दी प्रतक्ष्यीकरणकाे रिटमाथि बिहीबार सुनुवाई गर्दै अदालतले छाड्न दिएकाे थियाे ।
गैरकानूनी हिरासतमा नराख्न भनी अदालतले जंगबहादुर भण्डारी, प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मिलन राईलाई थुनामुक्त गर्न आदेश दिएकाे हाे । तर प्रहरीले भने उनीहरुलाई नै मध्यराति पुन: नियन्त्रणमा लिएकाे छ ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका जुम्ला जिल्ला इन्चार्ज चन्दबीर तिरुवा ‘रविकिरण’लाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार राती १ बजे सिंजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेको बेला उनलाई छापा मारेर गिरफ्तार गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिएका छन् । सोही कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ ।

प्रतिक्रियाहरु