अत्यधिक आरोहीहरुकै कारण मृत्युको प्रमुख कारण

२०७६ जेष्ठ १४ गते, मंगलवार

काठमाडौं, १४ जेठ । अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्स्ले मंगलबार समाचार प्रकाशित गरी ‘नेपाल सरकारले आरोहणमा धेरैलाई अनुमति दिएर बढी शुल्क असुल्न खोज्नु नै आरोहीहरुको मृत्यु हुनुको प्रमुख कारण’ भएको लेखेको छ ।
अत्यधिक आरोहीहरुकै कारण यस वर्ष सगरमाथा आरोहणकाक्रममा धेरै आरोहीहरुको मृत्यु भएको सो पत्रिकाले छापेको छ । नेपालमा सगरमाथा आरोहणमा कुनै कडा नियम नभएको भन्दै न्यूयोर्क टाइम्स्ले अधिकांश आरोहणमा कमजोर नियमन, गलत व्यवस्थापन र भ्रष्टाचारको लामो रेकर्ड रहेकोसमेत दाबी गरेको छ ।
विगतमा आरोहणको सुरक्षा कमजोरीलाई चर्कोरुपमा उठाइपनि यो सिजनमा नेपाल सरकारले ३८१ जनालाई आरोहणको अुनमति दिएर रेकर्ड कायम गरी आरोहणलाई व्यवसायीकरणतर्फ धकेलेकोसमेत जनाइएको छ । विख्यात आरोहीहरुले ट्राफिक जाम र अनुभवहीन आरोहीहरुलाईसमेत आरोहीहरुको मृत्यु हुनुको एउटा कारणकारुपमा व्याख्या गरेका छन् । यो सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणकाक्रममा १० जनाको मृत्यु भएको छ भने धेरैजना हराइरहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार