अज्ञात व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार ,१४ जनाको मृत्यु

काठमाडौँ, १६ मंसिर । पश्चिमी अफ्रिकाको बुर्कुना फासोमा एक अज्ञात व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी १४ जनाको हत्या गरेको छ । बुर्कुना फासोको पूर्वी क्षेत्रमा रहेको ह्याङटोउकौउरामा रहेको चर्चमा प्रवेश गरेका ती व्यक्तिले प्रार्थना गरिरहेकाहरुमाथि गोली प्रहार गरेका हुन् । घटना दर्जनौं घाइते भएका छन् । गोली प्रहार लगत्तै ती व्यक्ति स्कुटर चढेर भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गत अक्टोबरमा पनि एक मस्जिदमा भएको आक्रमणमा १५ जना मारिएका थिए । गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।-एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>