अखिल क्रान्तिकारी सिटिइभिटीको अनुगमन गर्दै

२०७५ असार १८ गते, सोमबार

काठमाडौं, १८ असार । अखिल क्रान्तिकारीले सिटिईभिटीमा तोकिएको शूल्क कार्यान्वयन, भौतिक पूर्वाधार, सम्बन्धनबारे अनुगमन सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका सिटिईभिटी इन्चार्ज हर्क बिकको नेतृत्वमा महेन्द्रनगरबाट सुरु गरिएको छ । सिटिईभिटीका क्षेत्रिय कार्यालय र सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरुको अनुगमन गरिएको बताइएको छ । “तोकिएको शूल्कभन्दा बढी लिएको विद्यार्थी र अभिभावकले गुनोसो गरेका छन् । त्यसैगरी मिलेमतोमा मापदण्ड पूरा नभएका शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिइएको बारे संगठनमा गुनासा आएकोले अनुगमन सुरु गरेका हौँ” इन्चार्ज बिकले बताए । शूल्क बढी लिने र मापदण्ड पूरा नगर्ने शैक्षिक संस्थाको सूची तयार पारी कारवाहीको लागि सम्बन्धीत निकायलाई पठाउने बिकले बताए । सरकारले कारवाही नगरे संगठनले सिटिईभिटीका कर्मचारी र शैक्षिक संस्थाहरुको सूची सार्वजनि गरेर कारवाही गर्ने बताए । महेन्द्रनगरबाट सुरु गरिएको अनुगमन पूर्वसम्म पुग्ने बिकले जानकारी दिए । भर्नामा कुनै पनि शैक्षिक संस्थामा बढी शूल्क मागे संगठनमा सम्पर्क गर्न पनि अखिल क्रान्तिकारीले विद्यार्थी र अभिभावकलाई अाग्रह गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु