अखिल क्रान्तिकारीले बिशाल सभा गर्ने

२०७५ बैशाख ३० गते, आईतवार

काठमाडौं, ३० बैशाख । अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकालले ५४ औं विद्यार्थी दिवसको अबसर पारेर बिशाल सभा गर्ने बताएका छन । उनले आगामी जेठ १ गते काठमाडौंमा सो सभा गर्ने लागेको बताएका छन । जेठ १ गते काठमाडौ जाऔ, बिशाल विद्यार्थी सभा भब्यरुपमा सफल पारौं भन्ने नाराका साथ विद्यार्थी दिवसको तयारी भई रहेको अध्यक्ष ढकालको भनाइ छ ।
अध्यक्ष ढकालले राज्यको लगानी रहेको सार्वजनिक शिक्षा मजबूत् , नीजि विद्यालयहरुको मनलाग्दी शुल्क अन्त्य, विश्व विद्यालयमा राजनीतिक भागवन्डाको अन्त्य र शिक्षामा राज्यले २० प्रतिशत लगानी गर्ने सुनिश्चितता लगायतका बिषयमा आफ्नो संगठन दृढ भएको बताए । समाजवादी शिक्षा प्राप्तिको आन्दोलन र निजि शिक्षाको अन्तकप लागि आफ्नो संगठन जस्तो सुकै संघर्ष मा जान पनि तयार भएको अध्यक्ष ढकालको ठोकुवा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु