अखिल (क्रान्तिकारी)द्वारा अराजक र अनुशासनहिनको भ्रममा नपर्न आग्रह

२०७६ आश्विन १४ गते, मंगलवार

काठमाण्डौं , १४ असोज । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलाली जिल्ला उपाध्यक्ष सुवास जोशीले सोमबार विज्ञप्ति निकाली आफ्नो सङ्गठनमा अराजकता मच्चाउने अनुशासनहीन तपेन्द्र पहराईलाई जिल्ला कमिटीबाट केही समय अगाडि कार्वाही गरि निष्कासन गरिसकेकाले सङ्गठनको नाम जोडेर पत्रकार सम्मेलन गरि सरकारी नेकपामा प्रवेश गरेको घोषणा गरेको सुन्न आएको हुनाले सङ्गठनबाट कारबाहीमा परेको त्यस्तो अराजक र अनुशासनहिन मान्छेको भ्रममा नपर्न हाम्रो सङ्गठनप्रति आस्थावान सम्पुर्ण विद्यार्थी साथीहरुलाई सुचित गर्दै सङ्गठनको नाम जोडेर कुकृत्य गरे आवश्यक जनकारबाही हुनसक्ने चेतावनी दिएका छन् ।

उपाध्यक्ष सुवास जोशीले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) कैलालीले सङ्गठनमा अराजकता मच्चाउने अनुशासनहीन तपेन्द्र पहराईलाई जिल्ला कमिटीबाट केही समय अगाडि कारबाही गरि निष्कासन गरिसकेको थियो । अहिले हाम्रो सङ्गठनको कुनै पनि कमिटी र जिम्मेवारीमा नरहेको र सङ्गठनको नाम जोडेर पत्रकार सम्मेलन गरि सरकारी नेकपामा प्रवेश गरेको घोषणा गरेको सुन्न आएको छ । सङ्गठनबाट कारबाहीमा परेको त्यस्तो अराजक र अनुशासनहिन मान्छेको भ्रममा नपर्न हाम्रो सङ्गठनप्रति आस्थावान सम्पुर्ण विद्यार्थी साथीहरु सुचित गर्दछौं । हाम्रो सङ्गठनको नाम जोडेर कुकृत्य गरे आवश्यक जनकारबाही हुन जाने चेतावनी यसै प्रेस विज्ञप्तिमार्फत सम्प्रेषण गर्दछौं ।’

प्रतिक्रियाहरु