अखिल क्रान्तिकारीका ब्यूरो इन्चार्जसहितका नेता गिरफ्तार

२०७५ जेष्ठ ३० गते, बुधबार

काठमाडौ‌ं, ३० जेठ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बद्री अधिकारी, धादिङ जिल्ला संयोजक इश्वर पाण्डेसहित पाँच जनलाई प्रहरीले गिरफ्तार गरेको छ । अधिकारी संगठनको तामासालिङ इन्चार्ज समेत हुन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी रसुवाको जिल्ला सम्मेलनको तयारी भइरहेको समयमा प्रहरीले सामान्य सोधपुछको लागि गिरफ्तार गरिएको बताएको छ । सोमबार मात्रै अध्यक्ष चिरन्जीवी, कोषाध्यक्ष नरेन्द्र बिकसहित तीन जनालाई गिरफ्तार गरिएको थियो । मंगलबार ढकाललाई रिहा गरेपनि अन्य दुई नेतालाई प्रहरीले हिरासतमा राखेको छ ।

प्रतिक्रियाहरु