अखिल(क्रान्तिकारी)द्वारा दमन र राज्य आतंकको प्रतोरोध गर्न आव्हान

२०७६ जेष्ठ २६ गते, आईतवार

काठमाडौं, २६ जेठ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले संविधानले दिएको मौलिक अधिकारलाई कुल्चिएर आफ्ना २२ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएकोमा घोर आपत्ति प्रकट गर्दै यस्ता किसिमका गिरफ्तारी , दमन र राज्य आतंकको देश ब्यापी रुपमा कडा प्रतोरोध गर्न सम्पूर्ण युवा बिद्यार्थीहरुलाई आव्हान गरेको छ । अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीबी ढकालले आज एक विज्ञप्ति जारी गर्दै सो आव्हान गरेका हुन् । कास्कीको अन्नपूर्ण गाउँ पालिकाको वार्ड न ११ उरीस्थित आमा समुहको भवनमा (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको संयुक्त बैठकमा प्रहरीले हस्तक्षेप गरी ने.क.पा. कास्की जिल्ला सेक्रेटरी बिबेक भण्डारी ‘आक्रोश’ , नेकपा कास्कीका जिल्ला सदस्य एबम एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’ ,पार्टी जिल्ला सदस्य एबमअखिल क्रान्तिकारी केन्द्रीय सदस्य मिलन राइ, पार्टी जिल्ला सदस्य एबमअखिल क्रान्तिकारी केन्द्रीय सदस्य/कास्की जिल्ला अध्यक्ष काजी गुरुङ ,जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल क्रान्तिकारी पि एन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र बिद्यार्थी नेता एब सहिद पुत्र सुजन सापकोटा लगायत लाई गिरफ्तार गरेको थियो ।
यस बिषयमा अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीबी ढकालले जारी गरेको प्रेस विज्ञप्ति :

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु