अखिल(क्रान्तिकारी)को बैठकमा प्रहरी हस्तक्षेप

२०७६ जेष्ठ २६ गते, आईतवार

काठमाडौं, २५ जेठ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी) कास्कीको बैठकमा प्रहरीले हस्तक्षेप गरेको छ ।
अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको संयुक्त बैठकमा हस्तक्षेप गरी प्रहरीले ने.क.पा. कास्कीका जिल्ला सेक्रेटरी आक्रोशसहित २१ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको बताइएको छ । कास्कीको अन्नपूर्ण गाउँ पालिकाको वार्ड न ११ उरीस्थित आमा समुहको भवनमा बिद्यार्थीहरुको संयुक्त बैठक बसिरहेका बेला प्रहरीले बैठकस्थल घेरा हाली उनीहरुलाई गिरफ्तार गरेको हो । बैठकस्थल घेरा हालेको प्मारहरीले थप प्रहरी परिचालन गरि राती अबेर उनीहरुलाई आफ्नो नियन्त्रणमा लिएको थियो । गिरफ्तारीमा पर्नेहरुमा ने.क.पा. कास्की जिल्ला सेक्रेटरी बिबेक भण्डारी ‘आक्रोश’ , नेकपा कास्कीका जिल्ला सदस्य एबम एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’ ,पार्टी जिल्ला सदस्य एबमअखिल क्रान्तिकारी केन्द्रीय सदस्य मिलन राइ, पार्टी जिल्ला सदस्य एबमअखिल क्रान्तिकारी केन्द्रीय सदस्य/कास्की जिल्ला अध्यक्ष काजी गुरुङ ,जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल क्रान्तिकारी पि एन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र बिद्यार्थी नेता एब सहिद पुत्र सुजन सापकोटा लगाएत रहेका छन् ।
नेपाल कम्ययुनिष्तिट पार्टीले बैठकस्थलबाट आफ्एना नेता तथा कार्यकर्ता पक्राउ परेको जानकारी दिएपनि प्रहरीले भने यस बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रियाहरु